Logo

बागमती पेज

असार ६, २०७८ आईतबार

कोरोनाका कारण समस्यामा परेकाहरुको लागि उद्यमशील महिला समूह गोकर्णेश्वर द्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण


विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण धेरैको जनजीवन अस्तव्यस्त भएको छ । नेपालमा पनि कोरोनाको महामारीको कारण दैनिक मजदुरी गरेर घरपरिवार चलाइरहेका मजदुरहरुको बेहाल नै भएको छ । यसैबिच कोरोना महामारीले निम्त्याएको रोग, भोग, गरिबी र विपन्नता संग लड्ने यात्रामा महिला शक्तिको जागरुकता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथमा उद्यमशिल महिला समूह गोकर्णेश्वर ४ ले समस्यामा परेकाहरुको लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।

शनिबार संस्थाको कार्यलय अत्तरखेलमा आयोजित उक्त कार्यक्रममा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका करिब २५ परिवारलाई राहत स्वरूप खाद्यान्न एबम स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

त्यतिमात्र नभएर संस्थाले सोहि दिन जनजाति कल्याण आश्रम नेपाल मुलपानीलाइ पनि १४ बोरा चामल सहित अन्य खाद्यान्न र स्वास्थ्य सामाग्री प्रदान गरेको थियो।