Logo

बागमती पेज

असार १४, २०७८ सोमबार

काठमाडौँ महानगरपालिकाले हटायो अनामनगरको सरकारी जग्गा हडपेर बनाइएका टहरा


काठमाडौँ महानगरपालिकासँग समन्वय नगरी अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी विभिन्न टहराहरु बनाइएको भन्दै काठमाडौँ महानगरपालिकाले ती टहरा हटाइदिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिएका छन् । ‘

टहरा हटाउने सिलिसिलामा केही झडप समेत भएको थियो भने अवरोध गर्ने केही पक्राउ परेका छन् ।