Logo

बागमती पेज

असार १६, २०७८ बुधबार

भरतपुरको सरकारी अस्पतालमा मात्रै कोभिड-१९ संक्रमितको निःशुल्क उपचार


चितवन । बुधबारदेखि भरतपुरको सरकारी अस्पतालमा मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएकाे छ ।

नेपाल सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएसँगै भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क उपचार हुने भएकाे हाे ।

चितवनमा विभिन्न पालिकाका स्वास्थ्य केन्द्र र अस्पतालले कोरोनाको सामान्य खालको चेकजाँच गर्दै आएको पनि कोरोनाका गम्भीर बिरामीहरुलाई भरतपुर अस्पतालसहित निजी अस्पतालमा चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र क्यान्सर अस्पतालले कोरोनाको उपचार गराउँदै आएका हुन् । भरतपुर अस्पतालबाहेक अरु अस्पतालमा गरिएको उपचार खर्च सरकारले नबेहोर्ने भएको हाे ।

यसअघि सम्झौता गरि मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने र भोलिदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरे बापत सोधभर्ना रकम उपलब्ध नगराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारिदिईएकाे हाे।

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कोभिड संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रह पनि गनुभएकाे छ।

सरकारले पहिले नै विभिन्न निजी अस्पतालहरुसँग सम्झौता गरी कोभिड संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो । सामान्य संक्रमितको उपचार गरेबापत तीन हजार ५००, अक्सिजनसहितका संक्रमितको सात हजार र सघन उपचार गरेबापत १५ हजार दैनिक प्रतिव्यक्ति रकम उपलब्ध गराउँदै आएको छ