Logo

बागमती पेज

असार १६, २०७८ बुधबार

बूढानीलकण्ठ नगरपालिकाको फोहोर मैला व्यवस्थापन र संचालनको जिम्मा अब वडालाई दिइने


बूढानीलकण्ठ नगरपालिकाले फोहोर मैला व्यवस्थापन र सञ्चालनको जिम्मा वडालाई दिने भएको छ । आ.व.२०७८र७९ को नीति तथा कार्यक्रममा नगरपालिकाले वन वातावरण र फोहोरमैला व्यवस्थापन शिर्षकमा प्रस्ताव पेस गर्दै नगरको फोहोर मैला व्यवस्थापन एकीकृत प्रणाली बनाउने उल्लेख गरिएको छ ।

नगरपालिकाका कम्तिमा दुई स्थानमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान छनौट गर्ने तयारी गरेको बूढानीलकण्ठले नगरवासीहरुले सम्बन्धित कार्यालयमा स्वीकृत लिएर मात्र घर पालुवा कुकुर पालन पाइने नियम ल्याउन लागेको छ। त्यसका साथै घर निर्माण गर्दा कम्तिमा २ देखि ५ वटा सम्म विरुवा अनिवार्य रोप्नु पर्ने नियम प्रस्ताव गरेको नगरपालिकाले सार्वजनिक स्थानका बोट विरुवामा क्षेती पुर्याए दण्ड जरिवाना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।