Logo

बागमती पेज

असार १७, २०७८ बिहीबार

गोकर्णेश्वर नगरपालिकाले बालबालिकाका लागि पाठ्यपुस्तक निशुल्क उपलव्ध गराउने


गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना महामारीका कारण लामो समयसम्म विद्यार्थीको पढाईमा असर परेको छ ।

अझ धेरै विद्यार्थीहरुले पाठ्यपुस्तक किन्न सक्ने अवस्था नभएका कारण नगरपालिकाले बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गरेको हो ।

गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाका विद्यार्थीहरुलाई कक्षा १ देखि ८ सम्म शैक्षिक शत्र २०७८ का लागि स्थानीय पाठ्यपुस्तक निशुल्क उपलव्ध गराउने जानकारी दिएको छ।

नगरपालिकाको सुचना :