Logo


काठमाडौं । सस्तो बजार भनेर चिनिने काठमाडौंको भृकुटीमण्डप हाल सुनसान अवस्थामा रहेको छ । कोरोनाको दोस्रो लहर भित्रियसँगै सरकारले गरेको निषेधाज्ञा पश्चात बजार खुलीसक्दा पनि मानीसहरुको चहलपहल घटेको हो । कोभिट पछाडी स्वास्थ्य मापदण्ड आपनाएर व्यवसाय सञ्चालन सुरु गरिएतापनी व्यापार भने पिडादायी छ ।

यो वर्ष सरकारले गरेको निषेधाज्ञाका कारण निम्न व्यापारी सँग खुल्ला बजारले करोडौको घाटा व्यहोर्नु परेको छ । कोरोना प्रभावका कारण लाखौको मुुनाफा गुमाउनु परेको व्यापारी संघ खुल्ला बजारका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले बताउनुभयो । सामान्य अवस्थामा यतिबेला भिडमभिड हुने भृकुटीमण्डप अहिले सुनसान अवस्थामा छ । दिनभरी पसल खुलाएर बस्दापनी ग्राहक नआउँदा पसल कुरेर मात्र बस्नु परेको व्यापारीहरुको गुनासो छ ।

सरकारले गरेको निषेधाज्ञा भन्दा अगाडी व्यापार सामान्य थियो । व्यापारीहरुले दैनिक १० देखी १२ हजार सम्म कमाउँथे तर अहिले व्यापार व्यवसाय ठप्प छ । सरकारी जग्गामा रहेको खुल्ला बजारमा महिनाको १५ गते भाडा तिरिसक्नुपर्ने नियम छ । यद्यपि समय भन्दा पछि गएमा जरीवना व्यहोर्नुपर्ने नीति छ । तर व्यापार ठप्प भएको हुँदा भाडा तिर्न समेत मुस्किल भएको छ ।

कोरोनाको दोस्रो लहर नसकिँदै तेस्रो लहर आउने हल्ला पनि बजारमा उतिकै छ । यहि किसिमले सरकारले निषेधाज्ञ थप्दै जाने हो भने नजिकिदै गरेको चाडपर्वमा पनि लगानी नउठ्ने व्यापारीहरुको भनाई छ । बन्दको समयमा आफुहरुलाई समस्या पर्ने हुनाले सरकारले केही सहुलियतको व्यावस्था मिलाइदिए आफुहरुलाई केही सहज हुने व्यापारीको गुनासो छ ।