Logo

बागमती पेज

श्रावण २८, २०७८ बिहीबार

लोकगायिका अम्बिकाको तीज गीत ‘जीन्दगानी आखिर के रैचर’सार्वजनिक


काठमाडौं । प्रतिभासाली लोक गायिक अम्बिका लुइँटेलको जिन्दगी आखिर के रैचर तिज गित सार्वजनिक भएको छ । ओखलढुंगाबाट काठमाडौ आएर गित संगीतमा भबिस्य खोजिरहेको लुइँटेलले आधा दर्जन भन्दा धेरै चर्चित गितहरु गाइ सकेको छन् ।

कल्पना सुनुवार ,आशा केसि,सब्बु सर्गम,सपना घर्तिमगर,सपना सुनाम,सीता नेपाली र ममता राना मगरको संयुक्त आवाजमा रेकर्ड भएको छ ।

गीतको भिडियो एबिएस म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । अमृत भारतिको शब्दमा रहेको गीतलाई गायक रामकुमार नेपालीले संगीत भरेका हुन् भने बिनोद बाजुरालिले एरेन्ज गरेका छन् ।

कपिल लामाले निर्देशन गरेको भिडियो विपिन छेत्रीले छायांकन गरेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् । गीतले एक प्रकारको चर्चा कमाईरहेको छ ।