Logo

भवानी कार्की

भाद्र ८, २०७८ मंगलबार

पूर्व क्याम्पस प्रमुख माथि विप्लवले गरेको अनैतिक कार्यप्रति नेविसंघको गम्भिर ध्यानाकर्षण


काठमाडौं । पशुपति बहुमुखी क्याम्पसका संथापक तथा पूर्व क्याम्पस प्रमुख बिष्णु प्रसाद पन्तलाई उनकै नीजि निवासमा अखिल क्रान्तिकारी विप्लव समुहले गरेको अनैतिक कार्य प्रती नेपाल विद्यार्थी संघ पशुपति इकाई समितिको गम्भीर ध्यानाकर्षण गरिएको छ ।

बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पन्त माथी अखिल क्रान्तिकारी विप्लव समुहले कारवाहिका नाममा नीजि निवासमा पुगेर अनैतिक ढंगले कालो मोसो लगाउने कार्य गरेकाले यस किसिमको अराजक कार्यप्रति नेविसंघले घोर भर्सना गरेको हो ।

आगमी दिनमा क्याम्पसमा यस्तो अनैतिक क्रियाकलाप भएमा वा गराएमा नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाई कमिटी कुनै पनि प्रकारको प्रतिकार गर्ने कावा इकाई अध्यक्ष जीवन श्रेष्ठले चेतावनी दिएका छन् ।

२०३७ सालमा स्थपित पशुपति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पन्त माथी अखिल क्रान्तिकारी विप्लव समुहले गरेको अनैतिक कार्य प्रती नेपाल विद्यार्थी संघ पशुपति इकाई समितिले गम्भीर ध्यानाकर्षण गरेको छ ।