Logo

बागमती पेज

भाद्र १०, २०७८ बिहीबार

माओवादी केन्द्रको कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरिबोल गजुरेल


काठमाडौं । नेकपा माओवादी केन्द्रले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । जसअनुसार पार्टी अध्यक्ष प्रचण्ड स्कुल विभागको इन्चार्ज रहने भएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् ।

माओवादी केन्द्रको कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरिबोल गजुरेलले जिम्मेवारी पाएका हुन् । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पार्टीको केन्द्रीय विभाग गठन गरेको हो ।

जसअनुसार प्रचार तथा प्रकाशन विभागको प्रमुख रहने गरी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ भने संगठन विभाग प्रमुखमा जनार्दन शर्मा (प्रभाकर) रहेका छन् ।

यस्तै सहरी विकास प्रमुखमा देवेन्द्र पौडेल, वन तथा वातावरण प्रमुखमा शक्ति बस्नेत, नीति अनुसन्धान प्रमुखमा रामचन्द्र झा, निर्वाचन विभागमा खिमलाल देवकोटा, अर्थ विभागमा वर्षमान पुन प्रमुख रहेका छन् ।