Logo

बागमती पेज

भाद्र १०, २०७८ बिहीबार

एमाले बैठकका ९ निर्णय सार्वजनिक


काठमाडौं । नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सो पार्टीले विज्ञप्तिमार्फत बैठकका ९ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्कासन गर्ने निर्णय गर्दै पार्टीको अभिलेखबाट उनीहरुको नाम हटाउने निर्णय गरेको उल्लेख छ ।

उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ ।