Logo

भवानी कार्की

भाद्र ११, २०७८ शुक्रबार

शैलुङ गाउँपालिकाको कालापानीलाई बेस क्याम्प बनाईने


दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउने तयारी गरीएको छ । शैलुङ आउने पर्यटकहरूलाई लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाईने भएको हो ।

शैलुङ गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालका अनुसार जिल्लाको अग्लो भू-भाग र पर्यटकिय स्थल भएको कारण पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आर्षण भएकाले कालापानी सम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित बनाएको छ ।

जिल्लाको पर्यटकीय स्थलको रुपमा रहेको सो क्षेत्रलाई करीब ५ करोडको लागतमा पर्यटकको मुख्य आकर्षणको रुपमा निर्माण गर्न लागिएको पालिका अध्यक्ष दुलाले बागमती पेजलाई जानकारी दिए ।

शैलुङ गाउँपालिका-८ कालापानीमा पर्यटकहरूका लक्षित गरी पर्यटक आवास गृह (गोलघर) निर्माण हुँदै छ । बुद्धको मुर्ति, गुम्बा, महादेवको मुर्ति, मठ-मन्दिर लगाएत अन्य सम्रचना निर्माणका गाउँपालिकाले करीब १ करोड बजेट छुट्याएको छ । पर्यटकको आकर्षणको लागी जिल्लाकै ठुलो करीब ३०० किलोको घन्टीको समेत निर्माण गर्ने योजना रहेको दुलालको भनाई छ ।

कालापानिबाट शैलुङसम्म पुग्नलई करीब आधा घण्टा समय लाग्ने स्थानीयहरु बताउँछन् । हिँड्दै जाने पर्यटकलाई आकर्षण गर्न करीब १२०० मिटर लामो मिनी ग्रेटवाल बनाउने योजना समेत रहेको छ ।

१२८.६७ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, सँस्कृतिक र पयर्टकिय महत्व बोकेको गाउँपलिका हो । २९ हजार ९ सय ९३ जनसंख्या रहेको शैलुङ गाउँपालिकामा जनजातीय बाहुल्यता रहेको छ ।