Logo

भवानी कार्की

भाद्र १६, २०७८ बुधबार

भिमेश्वर-५ को सभापतिमा उम्मेदवारी दिने युवा नेता प्रकाशको घोषणा


दोलखा । नेपाली कांङ्ग्रेस भिमेश्वर नगरपालिका वडा नं. ५ को पार्टी सभापतिमा प्रतितिधित्व गर्दे युवा नेता प्रकाश बस्नेत (टाइगर)ले आफ्नो उम्मेदवारी दिने उद्घोष गरेका छन् ।

सधै अघिल्लो पुस्ताले नेतृत्व लिने मात्र भन्दा पनि युवाहरुलाई सो जिम्मेवारी दिनुपर्ने धारणा राख्दै उनले नेपाली कांङ्ग्रेसकोे १४ औं महाधिवेशनमा भिमेश्वर-५ मा युवा वर्गको टीम सहित उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

युवा नेता प्रकाश बस्नेतले बागमती पेजसँग कुरा गर्दै भने, ‘‘युवाहरुको हक हितका लागि मेरो उम्मेदवारी छँदै छ । सिङ्गो नेपाली कांङ्ग्रेसलाई वडा तथा पालिकामा मात्र नभएर जिल्लामै उदाहरणीय कांग्रेस बनाउने मेरो भित्रि योजना रहेको छ । मलाई विश्वास छ युवाहरु तथा सबै अग्रजहरुले मेरो योजना पुरा गर्नुहुनेछ त्यसमा म विश्वस्त छु ।’

२०६१ सालदेखी निरन्तर पार्टीेको संगठनमा महत्वपुर्ण भुमिका खेल्दै आएका बस्नेत समाजसेवामा पनि निकै सक्रिय छन् ।

भिमेश्वर-५ को पार्टी सभापतिमा युवा नेता प्रकाशको उम्मेदवारी किन ?
१. काङ्ग्रेस भित्र भएका विकृती, विसङगती, गुटबन्दी हटाउँदै नयाँ सोच, लक्ष्य, उदेश्य र विशेष योजनाका साथ अघि बढ्न ।
२. काङ्ग्रेस भित्र रहेको गुटवन्दी हटाउँदै साङ्ठानिक रुपमा बलियो काङ्ग्रेस बनाउन लागि पर्ने ।
३. पार्टी भित्र रहेका जनवर्गिय संगठनलाई चलायमान बनाउन ।
४. जहाँ युवा त्यहाँ काङ्ग्रेस अभियान संचालन गर्नुका साथै युवा वर्गमा भएको राजनिती प्रतिको वितिष्णा हटाउन ।
५. पार्टी भित्र रहेका घात तथा अन्तरघातहरु निर्मुल पार्दै पार्टीलाई पद्धति सम्बद संचालन गर्न ।

जहाँ युवा नेतृत्व, त्यहाँ सवल काङ्ग्रेस भन्ने नारालाइ हृदयत आत्मसात गर्दै भिमेश्वर नगरपालिका वडा नं. ५ भित्र काङ्ग्रेसलाई सवल, सक्षम काङ्ग्रेस बनाउने लक्ष्यका साथ उमेरद्वारीको उद्घोष गरेका छन् ।