Logo

भवानी कार्की

भाद्र १८, २०७८ शुक्रबार

भीमेश्वर- ५ नेपाली कांङ्ग्रेस वडा सभापतिमा प्रकाश बस्नेत चयन


दोलखा । नेपाली कांङ्ग्रेस भीमेश्वर नगरपालिका वडा नं ५ पार्टीको सभापतिमा युवा नेता प्रकाश बस्नेत(टाइगर) चयन भएका छन् ।
भदौ १८ भएको कांङग्रेसको चौधौ महाधिवेशनबाट युवा नेता बस्नेत सर्वसम्मतमा नेतृत्व चयन गरिएको हो ।

पुराने विरासतलाई हटाइ नयाँ जोस जाँगर र युवा शक्तीको नेतृत्वलाई आगाडी बढाउँदै आगामी दिनमा युवा वर्गको जोस र हिम्मतलाई आत्मासात गर्दे पर्टीलाइ सूसुचित ढंगले आगाडी बढाउने प्रतिवद्धता जनाएका छन् ।

असल मान्छे राजजीनिमा नआउने हो भने खराब मान्छेको सासक बन्नुपर्छ भन्दै आगामी दिनमा यस्तो भैपरी आउन नदिन आफूले नेतृत्व लिएको उनले बताए ।

जनतको हक अधिकार, व्यवस्थित कार्यव्यवस्था बनाउन र राज्य सक्ता सञ्चालन गर्न युवा वर्गको जोस र जाँगरलाई सहि ठाउँ सहि ढंगले प्रयोग गर्न सवैले प्रेरित गरेपछी बस्नेत पार्टीको वडा सभापति चएन भएका हुन् ।

आगामी दिनमा भीमेश्वर नगरपालिका लगाएत वडा नं ५ का बासिन्दाहरुको हक अधिकारको लागी सदैब लड्ने छु । नेपाली कांग्रेसमा आस्थावन सम्पुणर् कार्यकर्ताहरुमा आफ्नो महत्वपुणर् समय समर्पण गर्नेछु उनले भने, समाजको हकहितको लागी आफु मन वचन र कर्मले अधि बढ्ने प्रतिबद्धताको साथ आफु राजनीतिक यात्रा तय गरेको हुँ ।