Logo

बागमती पेज

भाद्र १९, २०७८ शनिबार

काठमाडौं महानगरमा एकिकृत समाजवादीको सकृयता बढ्दो


काठमाडौं । काठमाडौं महानगरपालिका एकिकृत समाजवादी पार्टीको सकृयता बढ्दो रहेको छ । काठमाडौंका विभिन्न नगर तथा वडामा एकिकृत समाजवादी पार्टीको सकृयता बढेसँगै वडा नं. १५ पनि एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको हो ।

त्यसै क्रममा शनिबार नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा नेकपा एकिकृत समाजवादी पार्टी कामपा १५ वडा कमिटीको कार्यकर्ताहरूसंग भेटघाट एवम् भेला कार्यक्रम सम्पन्न सम्पन्न भएको हो ।

राजा शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमबाट नेकपा एकीकृत समाजवादी पार्टी १५ वडा कमिटीमा राजा शाक्यको नेतृत्वमा ४७ जनाको वडा कमिटी गठन गरिएको छ ।

उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा महानगर सयोजक रामेश्वर श्रेष्ठ, प्रदेश कमिटी सदस्य, कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल, काठमाडौं जिल्ला सदस्यहरु मैयाँ लक्ष्मी महर्जन, भिमसेन राजवक, अमर रन्जित लगायतको उपस्थित रहेको थियोे ।