Logo

बागमती पेज

भाद्र २१, २०७८ सोमबार

लायन्स क्लबको पदस्थापन कार्यक्रम सम्पन्न


काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ क्लष्टर ३७, रिजन ७५ तथा जोन १५१ र १५२ अन्तर्गत क्लबका पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा जोन १५१ का चेयरपर्सन हरिचन्द्र तिवारी मातहतका क्लबहरु लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल टाउन, लायन्स क्लब वेलकम सेन्चुरी, लायन्स क्लब साझा फुलबारी र विभूति सेन्चुरीका लायन बर्ष २०२१/२२ पदाधिकारीको पदस्थापन गरिएको थियो ।

त्यस्तै जोन १५२ को चेयरपर्सन लायन संगीता पन्त मातहतका क्लबहरु लायन्स क्लब अफ काठमाडौं टि कपन, लायन्स क्लब माउन्ट अन्नपूणर्, लायन्स क्लब रसुवा लाङटाङ्ग र लायन्स क्लब सेन्ट्रल धरहराका पदाधिकारीहरुको डिष्ट्रिक्ट गभर्नर लायन विशेश्वर आचार्यले पदस्थापन गराएका थिए ।

क्लबका पदाधिकारीहरुलाई आफ्नो पदिय जिम्मेवारी, काम कर्तव्य र अधिकार वोध गराउँदै गभर्नर आचार्यले शपथ गराएका थिए । आज पदस्थापन कार्य पश्चात् सम्पूणर् निर्वाचित पदाधिकारीहरुले आधिकारीकता प्राप्त गरेका छन् ।

लायन्स क्लब एक सेवामूलक संस्था भएका कारण पदस्थापन कार्यक्रम कम खर्चिलो बनाउन क्लष्टर अन्तर्गत रहेका सम्पूणर् क्लबका पदाधिकारीको संयुक्त रूपमा एकैपटक पदस्थापन गरिने प्रचलन भए ता पनि कोभिडको त्रासले एउटै क्लष्टर अन्तर्गतको रिजन ७६ मा रहेका क्लबहरुको पदस्थापन अघि नै सम्पन्न भई सकेकोले रिजन ७५ अन्तर्गत रहेका ८ वटा क्लबको पदस्थापन कार्यक्रम आज आयोजना गरिएको हो ।

रिजन चेयरपर्सन ताराप्रसाद त्रिपाठीले संचालन गरेको कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, फर्स्ट लेडि सिया लामिछाने, फर्स्ट भिडिजी महेन्द्र पौडेल, सेकेन्ड भिडिजी मणिश्रीरत्न वज्राचार्य, मल्टिपल जिएलटी कोर्डिनेटर राजन लम्साल, मल्टिपल एडभाईजर तथा पिडिजी गौतममान श्रेष्ठ, पिएमसिसी गिरधारी शर्मा, पिडिजी ईन्दु लम्साल, डिष्ट्रिक्ट सेक्रेटरी दुर्गाप्रसाद हुँमागाई, पिआरओ इन चिफ उदयकुमार नेपाल, एडमिनिस्ट्रेटर अरुण लामिछाने, माधव पौडेल, को-चिफ एड्भाईजर, ज्ञानु बुर्लाकोटी, पार्वती खरेल पाण्डे, लायन्स वेलफेयर बैंक को- चिफ सुधा थापा, डिष्ट्रिक्ट जिएलटी कोर्डिनेटर रत्न पराजुली, बिष्णु फुयाल, ब्लड बैंक चिफ दिपक खरेल, लीलामणि खरेल, क्लष्टर चिफ दावाङ्ग तामाङ, यमुना भण्डारी, बिष्णु भण्डारी, रिजन चेयरपर्सन अनुज श्रेष्ठ, सस्टेनेवल डेभलपमेन्ट चिफ आरबी अधिकारी लगायत लायन्स लिडर तथा क्लबका पदाधिकारीको उपस्थिति रहेको थियोे ।

पदस्थापन भएसंगै सबै क्लबका बर्ष २०२१/२२ का अध्यक्षहरुले बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीले गभर्नरले ल्याएको “सर्विस फर स्माईल” अन्तर्गत लायन्स मोडेल भिलेजको लागि १३ लाख ५५ हजार ५ सय ५५ का साथै एमजेएफ को लागि समेत रकम प्रदान गरि करिब १५ लाख भन्दा बढीको सहयोग गरेको छ । त्यस्तै लायन्स क्लब अफ काठमाडौं माउन्ट अन्नपूणर्का अध्यक्ष जनक श्रेष्ठले टियु लायन्स ब्लड बैंकको संस्थापक सदस्यको लागि रु २५ हजार नगद प्रदान गरेका थिए ।

त्यस्तै लायन्स क्लब अफ काठमाडौं टि कपनका निवर्तमान अध्यक्ष सुरेन्द्र दियालीले टियु लायन्स ब्लड बैंकको संस्थापक सदस्यको लागि रु २५ हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । टि कपनकै उपाध्यक्ष विनोद थापा र सचीव बालकुमार श्रेष्ठले पनि हण्ड्रेड डलर क्याम्पेनमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए । जोन चेयरपर्सन संगीता पन्तले लायन्स वेलफेयर बैंकमा रु २५ हजार सहयोग गर्ने मनसाय व्यक्त गरेकी थिइन् ।

फर्स्ट भिडिजी महेन्द्र पौडेलले र सेकेन्ड भिडिजी मणिश्रीरत्न वज्राचार्यले लायन्स क्लब मार्फत समाजसेवामा योगदान पुर्‍याउने सदस्यहरुको प्रशंसा गर्दै थप उर्जा प्रदान गरेका थिए । मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोकाले समाजसेवा गर्न पहिले आफ्नो घर बलियो बनाउनु पर्ने तर्क दिदै सबै क्लबहरुलाई स्वस्थ बनाउन जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एलसिआईअफ एरिया लिडर तथा आईडि ईन्डोर्सी बालकृष्ण बुर्लाकोटीले समाज सेवामा तल्लीन लायन सदस्यहरुलाई गतिशील र उर्जावान बनाउन अत्यन्तै हृदयस्पर्शी शब्दहरुले शुभकामना दिएका थिए ।

उपस्थित सम्पूणर् अतिथि लगायत लायन सदस्यहरूलाई पदस्थापन कार्यक्रममा सहभागी भइ कार्यक्रमको महत्व र गरिमा बढाई दिएकोमा लायन्स क्लब अफ काठमाडौं टि कपनकि पूर्व अध्यक्ष तथा जोन चेयरपर्सन संगीता पन्तले धन्यवाद ज्ञापन गरेकी थिइन् भने अन्त्यमा लायन्स क्लब अफ काठमाडौं विभूति सेन्चुरीका अध्यक्ष सुरेशरत्न वज्राचार्यले घोषणा गर्दै कार्यक्रम समापन गरेका थिए ।