Logo

बागमती पेज

आश्विन ८, २०७८ शुक्रबार

कांग्रेस अछामको सचिवमा प्रकाश साँउदको उम्मेद्धारी घोषणा


काठमाडौं । नेपाल तरुण दलका जिल्ला अध्यक्ष प्रकाश साँउदले कांग्रेसको जिल्ला सचिव पदमा उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ आँै महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेद्धवारी रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

पार्टीलाई व्यक्तीबादी नभई विधि सम्बत संचालन गर्न आफ्नो उम्मेद्धारी रहेको उनले बताए । यसअघिका पार्टी सचिवले सभापतीले जे भन्यो त्यहि अनुसार अघि बढेको भन्दै उनले आफु पार्टीको विधान अनुसार अघि बढ्ने जानकारी गराएका छन् ।

विद्यार्थी हुदैँ तरुण दलको राजनितीबाट आफु अब पार्टीको राजिनितमा प्रवेश गरेको भन्दै नेता साँउदले पार्टीका भातृ संघ संगठनलाई चलायमान बनाउन र कार्यकर्तालाई प्रशिक्षण र क्रियाशिल बनाउन आफुले सचिव पदमा उम्मेद्धारी दिएको बताए ।

जिल्ला सभापतीहरुले आफु खुशी पार्टी चलाउन खोजेको र विधान मिचेर काम गरेका कारण त्यसको अन्त्य गर्न पनि आफ्नो उम्मेद्धारी रहेको दावी छ ।

पार्टी चुनावमा अन्तरघात गर्नेहरु प्रमाणित भईसक्दा पनि अनुशासन बिपरित गरेकाहरुलाई कारबाही नगर्ने यसअघिका नेतृत्वहरुले गरेको भन्दै आफु नेतृत्वमा आए त्यसको अन्त्य गर्दै अगाडी बढ्ने योजना रहेको उनको भनाई छ ।