Logo

बागमती पेज

आश्विन २८, २०७८ बिहीबार

भानु मावि पूर्व विद्यार्थी समाजद्वारा शुभकामना आदानप्रदान तथा सम्मान


काठमाडौं । भानु मावि पूर्व विद्यार्थी समाज मेचीनगर-२ ले आज एक भव्य कार्यक्रम बिच पूर्व विद्यार्थी पूनर्मिलन तथा शुभकामना आदानप्रदान तथा विद्यालय स्थापनाकाल २०१४ का विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गर्यो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष गोपीकृष्ण रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मेचीनगर ४ का वडा अध्यक्ष तथा भानु माविका पूर्व विद्यार्थी नवीन बराल रहेका थिए ।

उक्त कार्यक्रममा वि सं २०१४ मा भानु माविमा अध्ययन गर्ने दल ब. सिठुङ, कृष्ण ब. लुङ्गेली र बल ब. सिठुङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने डा. डालिम काफ्ले, प्रशासकीय अधिकृत विनोद चौहान, नेपाल टेलिभिजनका कार्यक्रम सञ्चालक पत्रकार किशोर निरौला, शिक्षकहरु हेम चापगाईँ, सन्दीप चापागाईँ, बलराम बाँस्तोला, पुष्कर ढकाल नारायण दाहाल लगायतका पूर्व विद्यार्थी सहभागी रहेका थिए ।

कार्यक्रममा नवीन बराल, पुष्कर ढकाल, किशोर निरौलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने स्वागत मन्तव्य प्रअ देवेन्द्र खनाल र कार्यक्रम सञ्चालन पूर्व विद्यार्थी एवम् युवा व्यवसायी कमल गोलेले गरेका थिए ।