Logo

बागमती पेज

कार्तिक २३, २०७८ मंगलबार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


अछाममा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासी मनसरा देवकोटाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । उनको दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटक प्रसूतिमा गम्भीर समस्या भएपछि विनायकदेखि कोहलपुर शिक्षण अस्पतालसम्म हेलिकप्टरमार्फत गलिएको छ ।

उनको उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल, नगर प्रमुख देवराज देवकोटा, अछाम अस्पताल, नेपाली सेनालगायतका निकायले सहयोग गरेका थिए । कल्पना बोहरा