Logo

मेघनाथ पहाडी

मंसिर ५, २०७८ आईतबार

योगदान राष्ट्रको लागि अभियानले अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गर्ने


काठमाडौं । योगदान राष्ट्रको लागि अभियानद्वारा अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा शुरु हुने भएको छ ।

धेरै संघ संस्थाहरुद्वारा एम्बुलेन्स संचालनमा रहेको छ, तर योगदान राष्ट्रको लागि अभियानद्वारा संचालन हुँने एम्बुलेन्स सेवामा प्राथमिक उपचार तालिम प्राप्त स्वास्थ्यकर्मीको साथ सेवा प्रदान गरिने छ ।

योगदान राष्ट्रको लागि स्वयंसेवक तथा सदस्यहरुमा बिषेश छुट रहने छ भने विद्यार्थीहरुलाई पनि विशेष छुटको व्यवस्था गरिने योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेतीले बागमती पेजलाई जानकारी दिएका छन् ।

पहिलो चरणमा चितवन, मकवानपुर, मोरङ, दोलखा लगायतका जिल्लाबाट संचालन हुने एम्बुलेन्स विभाग प्रमुख शिब नाथ यादवले जानकारी दिए ।

आगामी दिनमा ७७ जिल्लामा एम्बुलेन्स सेवा दिने योजना योगदान राष्ट्रको लागि अभियानको लक्ष्य रहेको छ । साथै योगदान राष्ट्रले सम्पूणर् जन समुदायमा आर्थिक सहयोगको लागि समेत अपिल गरेका छ ।