Logo

मेघनाथ पहाडी

मंसिर ५, २०७८ आईतबार

अध्यक्ष श्रेष्ठ ‘ओसिए मेरिट अवार्ड’बाट सम्मानित


काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा साँसद जीवनराम श्रेष्ठ ‘ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) मेरिट अवार्ड’ बाट सम्मानित भएका छन् ।

दुवईमा जारी ओलम्पिक काउन्सिल अफ एशियाको ४० औं महासभामा अध्यक्ष श्रेष्ठ ‘मेरिट अवार्ड’ बाट सम्मानित भएका हुन् ।

अध्यक्ष श्रेष्ठ सहित नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ शुक्रबार दुवईमा जारी ओलम्पिक काउन्सिल अफ एशियाको ४० औं महासभामा सहभागी छन् ।

अध्यक्ष श्रेष्ठलाई युएईका यूवा तथा खेलकुद मन्त्री र ओसिएका कार्यवाहक अध्यक्ष राजा रन्धिर सिंहले उक्त अवार्डबाट सम्मानित गरेको महासचिव श्रेष्ठले यूएईबाट पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यूएईको दुवईमा आयोजना हुने ४० औं ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को महासभामा चिनको ह्याङझाउमा सन २०२२, जापानको आइची–नागोया २०२६, कतारको दोहा २०३० र साउदी अरवको रियाद २०३४ मा हुने एशियाली खेलका आयोजकहरुले प्रस्तुतीकरण भइरहेको छ भने महासभामा एशियामा ओलम्पिक आन्दोलनका बारे समेत विशेष छलफल हुने एनओसीका महासचिव श्रेष्ठले बताए ।

त्यसै गरी महासभामा २०२२ मा अन्य दुई खेलहरूको आयोजकहरूबाट प्रगति प्रतिवेदनका बारे समेत छलफल हुने छ । आगामी मार्चमा बैंकक र चोनबुरीमा छैठौं एसियाली इन्डोर र मार्सल आर्ट खेलहरू र डिसेम्बर २०२२ मा चीनको शान्ताउमा तेस्रो एसियाली युवा खेलहरू आयोजना हुँदैछन् ।

एनओसीका अध्यक्ष र महासचिव श्रेष्ठद्वय सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।