Logo

बागमती पेज

मंसिर ११, २०७८ शनिबार

नेकपा एसको सहकारी भेला सम्पन्न


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी समर्थित सहकारीकर्मीहरुको भेला सम्पन्न गरेको छ ।

उक्त पार्टीको केन्द्रीय सहकारी विभागको आयोजनामा काठमाडौंको चाबहिलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय राजेन्द्र पाण्डे थिए । विभागका प्रमुख गोविन्दप्रसाद कोइरालाको अध्यक्षता रहेको उक्त कार्यक्रममा सहकारीविद् सुदर्शन ढकालले समाजवादको लक्ष्यप्राप्तिका लागि सहकारीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संविधानले नै अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारीलाई लिएको भएपनि यो खम्बालाई सुदृढ बनाउने काम सहकारीकर्मीको रहेको बताउँदै प्रदेश सरकार धेरै नबोल्ने तर काम गरेर देखाउने अभियानमा रहेको बताए ।

विभागका उप-प्रमुख टेकप्रसाद चौलागाईंले स्वागत गरेको उक्त कार्याक्रमको संचालन विभागका सदस्य नवराज अर्यालले गरेका थिए ।