Logo

मेघनाथ पहाडी

मंसिर १३, २०७८ सोमबार

नेकपा माओवादी केन्द्र कमलामाईको अध्यक्षमा कार्की र सचिवमा पहाडी निर्वाचित


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कमलामाई नगर कमिटिको प्रथम सम्मेलनबाट नगर अध्यक्षमा शेर बहादुर कार्की र सचिवमा उत्तम पहाडीलाई सर्वसम्मत निर्वाचित गराईएको छ ।

०७८ मंसिर ११ गते सिन्धुलीमाढीमा सम्पन्न प्रथम नगर सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पुर्व कृषि मन्त्री हरीबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनवाट सर्वसम्मतिवाट ६५ सदस्यीय नगर कमिटि निर्वाचित गरेको छ ।

सम्मेलनले पदाधिकारी टुंगाउन वाँकी रहेकाले पुन: २०७८ मंसिर १२ गते सिन्धुलीमाढीमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यता र शेर वहादुर कार्कीको अध्यक्षतामा वसेको नगर कमिटिको पहिलो पुर्ण वैठकवाट ७ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।

नेकपा (माओवादी केन्द्र) कमलामाई नगर कमिटिको पदाधिकारीमा:

अध्यक्ष – शेर बहादुर कार्की

उपाध्यक्ष:
– ध्रुव कुमार बस्नेत
– किरण राज लामा
– मनोज अधिकारी

सचिव – उत्तम पहाडी
सहसचिव – किरण कुमार श्रेष्ठ
कोषाध्यक्ष – अन्त कुमारी वि.क

मंसिर ११ गतेको नगर सम्मेलनबाट मनोनित गर्न १० जना सदस्य पनि सोही वैठकवाटै थप गरिएको र नारायणदेव श्रेष्ठ संयोजक र ढुंडिराज पहाडी सहसंयोजक सहित ३५ सदस्यिय नगर सल्लाहकार समिति निर्वाचित गरिएको कुरा नगर सचिव उत्तम पहाडीले बताए ।