Logo

मेघनाथ पहाडी

मंसिर १४, २०७८ मंगलबार

को हुन्, कमलामाई नगर सचिव उत्तम पहाडी ! केछ आगामी योजना…


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कमलामाई नगरपालिकाको प्रथम सम्मेलनबाट सचिवमा उतम पहाडी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जिल्लामै उत्कृष्ठ काम गरेर कमलामाई नगरपालिकामा पार्टी संगठन सुदृढिकरण अभियान संचालन गरिने योजना रहेको छ ।

आगामी केहि दिनपछि नगर कमिटिको कार्यालय (पदाधिकारी) वैठक वसी पार्टी संगठन सुदृढिकरण अभियान संचालन गरिने योजना रहेको नगर सचिव उत्तम पहाडीले बताएका हुन् ।

कमलामाई नगरपालिकामा रहेका १४ वटै वडाको वैठक राखिनेछ उलने भने, केहि वडाहरुमा पार्टीको टोल कमिटि र सेल कमिटि निर्माण गर्न वाँकी रहेकाले केहि दिनभित्रै ति कमिटिहरुले पुणर्ता प्राप्त गर्नेछन् ।

प्रत्येक वडाहरुमा विद्यार्थी, युवा, मजदुर, किसान, महिला, वुद्धिजीविको संगठन निर्माण गर्दै जनताको अधिकार प्राप्ति, सुशासन, विकास र समृद्धिको पक्षमा जनतासंग हातेमालो गर्दै अगाडी बढ्ने योजना रहेको छ ।

त्यस्तै कमलामाई नगरपालिका भित्र रहेका वेथिति, भ्रष्टाचार, कमिसनतन्त्र, सरकारी काममा हुँने ढिलासुस्ति, कालावजारी गर्ने प्रवृतिलाई निरुत्साहित गर्न पार्टी नगर संगठन कमिटिको  तर्फवाट संघर्षका कार्यक्रम संचालन गरिनेछ ।

राजनैतिक पृष्ठभुमिः

वि.सं. २०६० सालमा प्रारम्भिक कमिटि (मा.वि) बाट  विद्यार्थी राजनीति सुरु गर्दै आएका युवा नेता उत्तम पहाडी राजतन्त्रको अन्त्य, गणतन्त्र प्राप्तिका लागी २०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्दै आएका थिए ।

अखिल (क्रान्तिकारी) पशुपति वहुमुखि क्याम्पस इकाई कमिटिमा काम गर्दै जिल्ला कमिटि हुँदै अखिल (क्रान्तिकारी) सिन्धुली जिल्ला क्षेत्र नं. १ संयोजकको भुमिकामा रहेर समेत काम गर्दै आएका थिए । त्यसैगरी २०७२ सालमा अखिल (क्रान्तिकारी) सिन्धुली जिल्ला अध्यक्ष, २०७३ सालदेखि २०७८ सम्म केन्द्रिय सदस्य, सिन्धुली जिल्ला इन्चार्जको जिम्मेवारी सफलताकासाथ पुरा गर्दै आएका थिए ।

नेता उत्तम पहाडी सिन्धुली जिल्लाको नेतत्वमा रहँदा ५ हजार ५ सय भन्दा बढी विद्यार्थीलाई संगठनमा संगठित गर्दै जिल्लाभित्र रहेका शैक्षिक विकृति र विसंगतिका विरुद्ध निरन्तर संघर्षका कार्यक्रममा समेत सक्रिय रुपमा लागि परेका थिए ।

गुणस्तरिय शिक्षा तथा शैक्षिक शुधार कार्यक्रम सफल बनाउन अनियमित शिक्षक, प्राध्यापकलाई स्कुल/क्याम्पस छोड अभियानमा पनि उत्तिकै सकृय बनेर लागिपरेको नेता पहाडी बताउँछन् । त्यसैगरी प्रत्येक क्याम्पसमा विद्यार्थीको पठनपाठनलाई सहज बनाउन हेल्प डेस्क स्थापना, आर्थिक अनियमितता गर्ने शिक्षक/प्राध्यापकलाई संगठनको तर्फवाट त्यस्ता प्रवृतिको भण्डाफोर र कारवाहिको दायरामा ल्याउने, जिल्लाभित्र संचालित निजी वोर्डिङ स्कूलको मनपरीतन्त्रका विरुद्धसंघर्ष लगायतका कार्यक्रम गर्दै आएका नेता पहाडीले सफलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेका थिए ।

याे पनि: