Logo

बागमती पेज

मंसिर १४, २०७८ मंगलबार

औपचारिक रुपमा सकियो एमाले महाधिवेशन


काठमाडौं । एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् ।

एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ ।

एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको हो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।

महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो ।