Logo

बागमती पेज

पुस ४, २०७८ आईतबार

बूढानीलकण्ठको नवोदय सहकारी संस्थाको साधारणसभा सम्पन्न


काठमाडौं । कपन बूढानीलकण्ठ-१२ मा रहेको नवोदय सहकारी संस्था लिमिटेडले आफ्नो साधारणसभा बागमती प्रदेश सरकाराका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री माननीय इन्द्रमाया गुरुङको प्रमुख आतित्यथामा चाबहिल स्थित ए वान पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।

संस्थाले आर्थिक बर्ष २०७७/७८ वार्षिक प्रतिबेदन नाफा नोक्सान सहित अध्यक्षको प्रगती विवरण कोषाध्यक्षको आर्थिक प्रतिबेदन लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन सर्वसहमतिले पारित गरेको छ । साथै उक्त साधारणसभामा समुहको रुपमा संचालन भएको सस्था आज १३ करोड कारोबार भएको छ । संस्थाको ठूलो उपलब्धि हो भन्दै शेयर सदस्यहरुले खुशी ब्यक्त गरेका थिए ।

उक्त साधारणसभा सभाले ४ बर्षको लागि नयाँ कार्यसमिति लेखा सुपरिबेक्षण समिती चयन गरेको छ जो यसप्रकार छ । अध्यक्ष नेत्र प्रसाद आचार्य उपाध्यक्ष बिष्णु प्रसाद भट्टराई, सचिव गणेश प्रसाद भट्टराई, कोषाध्यक्ष नवीन आचार्य, सदस्य रबिन्द्र भट्टराई, देवकी नेपाल अर्याल, पदम प्रसाद आचार्य तथा लेखा सुपरिवेक्षण समितिको संयोजक विश्वराज धिताल भेष बहादुर डोटेल संगिता तामाङ सहित तीन जनाको समिती चयन भएको छ ।

नव निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक रामबाबु नेपालले सफलग्रहण गराउनुका साथै माननीय राज्यमन्त्रीले प्रमाणपत्र वितरण गर्दै सहकारी गर्ने जुनसुकै सदस्यमुखी काममा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता ब्यत गर्दै आफुपनी सहकारी कर्मी नै रहेको हुँदा सहकारिको समस्या आफुले राम्रोसग बुझेको हुँदा समाधान गर्ने पक्षमा आफ्नु भुमिका सधै रहने र पहल कदमी लिने विश्वास व्यत गरेका थिए । उतm साधारणसभामा माननीय राज्यमन्त्रीलाई संमान पत्रद्वारा संस्थाका निवर्तमान अध्यक्ष राजन आचार्यले संमान पत्र प्रदान गरेका थिए ।