Logo

बागमती पेज

पुस ५, २०७८ सोमबार

गैसस महासंघको अध्यक्षमा सुवेदी चयन


काठमाडौं । गैरसरकारी संस्था महासंघको १० औं महाधिवेशनले अध्यक्षमा रामप्रसाद सुवेदीलाई चयन गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म चलेको महाधिवेशनले अध्यक्षमा सुवेदीसहित नयाँ कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ध्रुव देव, महासचिव अर्जुन भट्टराई रहेका छन् । महाधिवेशनले ४७ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको निर्वाचन आयोगका सदस्य विदुर सुवेदीले जानकारी दिए ।

नेकपा एमाले पक्षले मुख्य मुख्य पोष्ट लिएर गठबन्धनदलसँग भागवण्डा गरी सहमतीबाट नेतृत्व चयन गरेको हो । महाधिवेशनका लागि देशैभरबाट नौ सय २५ जना प्रतिनिधि सहभागी थिए ।