काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भएको छ ।
महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
महाधिवेशनको बन्दसत्रमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । बुधबारदेखि समूह नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रचण्डको प्रतिवेदनको पूरक प्रस्तावको रुपमा नेता राम कार्कीले अर्को प्रस्ताव पनि पेश गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्