Logo

मेघनाथ पहाडी

पुस १५, २०७८ बिहीबार

फिक्कल गाउँपालिकाको प्रशासनिक भवन शिल्यान्यास


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकाको प्रशासनिक भवनको शिल्यान्यास गरिएको छ । पूर्वमन्त्री गणेश कुमार पहाडीले बुधवार फिक्कल स्थित खाङसाङ्ग बेशीमा उक्त भवन शिल्यान्यास गरेका हुन् ।

फिक्कलमा निर्माण हुन लागेको प्रशासनिक भवन पाँच करोड ९८ लाख ५० हजार चार सय ९१ रुपैया ६१ पैसा कुल बजेट रहेको गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले बागमती पेजलाई जानकारी दिए ।

जनप्रतिनिधि निर्वाचित भएपश्चात गाउँपालिकामा कुनै संरचना थिएनन् । अस्थायी रुपमा संचालनमा रहेको गाउँपालिकाले आफ्नै कार्यालय निर्माण गर्न लागेको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जनाईन् ।

भवनको शिल्यान्यास गर्दै पूर्वमन्त्री पहाडीले जनतालाई सेवा सुविधा दिन भौतिक पुर्वाधार विकास निर्माणका कामलाई तिब्रताका साथ अगाडी बढाउनुपर्ने बताए । उलने भने ‘पुर्वाधार विकास भएमा मात्र नागरिकलाई सहज ढंगले सेवा प्रदान गर्न सकिन्छ त्यसकारण गाउँपालिकाको भवन निर्माणमा हामीले आवश्यक सहयोग गरेका हौं ।’

विगतमा फिक्कल गाउँपालिका भित्रका विभिन्न काम गर्दै आएको बताए । मन्त्री पहाडीले आगामी दिनमा पनि विभिन्न विकास निर्माणका काममा थप साथ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष कार्कीले भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहिलाई थप सहजहुने बाताए । भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरुले नियमित रुपमा अनुगमन गर्न आवश्यक रहेको छ । गाउँपालिका प्रमुख कार्कीले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सिमित स्रोत र साधनले भ्याए सम्मका कामहरु गर्दै आएको जानकारी समेत दिए ।

गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण पछि पालिकाले दिने सेवा सुविधा अझ छिटो छरितो रुपमा हुने बताकी छन् । उनले गुणस्तरिय काम सहित भवन निर्माण सम्पन्न निर्माण गरी तोकेको समयमा काम पुरा गर्न समेत आग्रह गरेकी थिईन् ।

फिक्कल गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास कार्यक्रममा फिक्कल गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, राजनैतिक दलका प्रतिनिधिहरु, बुद्दिजिवि, जग्गा दाता, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।