Logo

मेघनाथ पहाडी

पुस १८, २०७८ आईतबार

कपन शान्ति समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । बूढानीलकण्ठ-११ स्थित कपन शान्ति समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामाजिक क्षेत्रमाा सक्रिय कपन शान्ति समाजले कार्यप्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रश्तुत गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

शनिवार भएको सो कार्यक्रमका प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलले कपन शान्ति समाजले विभिन्न नयाँ ढंगले काम गर्दै आएको अनुभुत भएको बताएका छन् । पूर्वाधार विकास निर्माणमा मात्र नभएर खेलकुद तथा सामाजिक काममा समेत निकै फड्को मरेको छ ।

नगर प्रमुख खरेलले भने, ‘नगरले यस संस्थाका विभिन्न काममा सहयोग गर्दै आएको छ र संस्थाको भवन निर्माणमा समेत आवश्यक सहयोग गर्न हामी तयार छौं ।’

नगर उपप्रमुख रमादेवी राईले सो वडाका महिला उद्यमी तथा अन्य तालिमहरु भएका छन् । दिएका तालिमहरु प्रभावकारी र उत्पादनसँग जोडिएको उपप्रमुख राईले बताएकी छन् । उनले उत्पादन भएका वस्तुहरु बजारमा पुर्याउन नगरले एउटा कोसेली घर बूनपा-११ पनि बनाउन आवश्यक रहेको भन्दै कोसेली घर निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाईन् ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले वडा भित्रका सबै टोल सुधारलाई आवश्यक सहयोग गर्दै आएको बताए । अअध्यक्ष अधिकारीले कपन शान्ति समाजले भौतिक पूर्वाधार विकासमा निकै सक्रिय रुपमा काम गर्दै आएको बताए । उलने भने संस्थाले आपत विपदको समयमा समेत यस संस्थाले टोलवासीलाई निकै प्रभावकारी ढंगले सहयोग गरेको उनको भनाई छ ।

कार्यक्रममा कार्यपालिका सदस्य भगवती निरौलाले यो टोल सुधार समिति एकवद्ध भएर निकै रचनात्मक काम गर्दै आएको बताएकी छन् । यस कपन शान्ति समाजमा अन्यत्र जस्तो राजनीतिक नहुने भन्दै यस्ता किसिमका समस्या नभएको प्रष्ट पारिन् । सबै समस्या समाधान हुँदै आएको भन्दै कपन शान्ति समाजले आफ्नै भवन बनाउन सके थप प्रभावकारी रुपमा काम गर्न सहज हुने बताईन् ।

भवन निर्माणको लागि नगरमा पटक-पटक आग्रह रहेको जनानकारी गराउँदै उनले भनिन्, ‘भवन निर्माणको लागि सार्वजनिक जग्गा खोज्दै गरेका छौं, उपयुक्त जग्गा भएपछि कुनै योजनाबाट कपन शान्ति समाजको भवन निर्माण गर्न नगरबाट सहयोग हुनेछ ।

कार्यक्रममा कपन शान्ति समाजका अध्यक्ष मदन गौतमले विकास निर्माणका कामहरु ढल निकाश, ढलान ब्लक निर्माण, सडक कालो पत्रे, सडक बत्ति राख्ने, कोभिडमा राहत वितरण लगायतका कामहरु गर्दै आएको जनाएका थिए ।

संस्थाका सचिव गाेविन्द चाैलागाँइले संचालन गरेकाे कार्यक्रमकाे आय व्यय आषा पोखरेलले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य एलिना भण्डारीले राखेकी थिईन् ।