Logo

बागमती पेज

पुस २७, २०७८ मंगलबार

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेको छ।

मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ को गाडीसँग ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए।

उनकाअनुसार मन्त्री आले महेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अर्को गाडी चढेर त्यसतर्फ गइसकेका छन्। – प्रभाव न्यूज