Logo

बागमती पेज

पुस २८, २०७८ बुधबार

प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा भुसाल र सचिवमा शर्मा


काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौंको पाँचौं अधिवेशनले मुकुन्द भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मंगलबार सम्पन्न अधिवेशनले भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा सुभद्रा धिताल र सचिवमा लक्ष्मण शर्मा चयन भएका छन् । त्यस्तै सह–सचिवमा पुष्पा अधिकारी र जीपी पौडेल चयन भएका छन् भने कोषाध्यक्षमा रामचन्द्र कार्की चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा रामेश्वर ढकाल, श्रीकृष्ण ढकाल, केशव घिमिरे, सुजित पुडासैनी, आशीष केसी, शर्मिला सुवेदी, सावित्री बस्नेत, सावित्री लुईंटेल, विकल सापकोटा, चिलराम भण्डारी र चेतनारायण पण्डित चयन भएका छन् ।

त्यस्तै राजाराम न्यौपाने, राजेन्द्र तामाङ, सुशील पुरी, जनक पोखरेल, प्रवेश पाण्डे, मेनुका कार्की, मिना अर्याल, रुपचन्द्र महर्जन, रुपा निरौला र विनोद ढकाल सदस्यमा चयन भएका छन् । त्यसैगरी कमल पन्थी, भरत बुढाथोकी, उत्सव बजगाईं, रुपा घिमिरे, सुव्रत मनु, विपिन पोखरेल, मेनुका श्रेष्ठ, सुवास थापा, विनोद दंगाल र राजकुमार सिलवाल चयन भएका छन् ।