Logo


चितवन । पहिला पहिलाकाे वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम याे वर्ष सुनसान छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र वरिपरि सुनसान भएको हाे ।

स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको थियाे। देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताएका छन् । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा सुनसान भएको जनाए ।

गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उनिले यस वर्ष प्रशासनले देवघाट क्षेत्र शिल गरेकोमा आपत्ति जनाउँदै उनले भने, “सामाजिक दूरी कायम गरेर स्नान गर्न दिनुपर्थ्याे । बाहिरी जिल्लाबाट आएका भक्तजन रोकिएकाेमा म असन्तुष्ट छु।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले केही भक्तजन रोकिनुपरेको जानकारी गराए । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले कोभिडका कारणले देवघाट मेला रोक्न बाध्य भएको बताए । उनले भने, “रोग फैलिन नदिन देवघाट छिर्नमा रोक लगाइएको हाे। स्थानीय प्रशासनले विहानबाट हिड्न दिएपछि भने केही भक्तजन सो क्षेत्रमा पुगेका थियाे। भने विगत वर्षको तुलनामा भने यहाँ भक्तजन निकै न्यून देखिएका हुन्। देवघाट मेला भर्न झण्डै पाँचलाख भक्तजन आउने अपेक्षा गरिएको थियो ।

मेलाको औपचारिकरुपमा शुक्रबार बिहान बेनीमा लिङ्गो गाढेर शुभारम्भ गरिएको श्राेतले बताएकाे छ । पहिला पहिला वर्षहरुमा भक्तजनको ठूलो सङ्ख्या हुँदा व्यवस्थापनमा निकै कठिन हुने गरेको थियाे । सङ्क्रान्तिको अघिल्लो रात शुक्रबार धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा आउने हुने भएको हुँदा पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगित गरेकाे हाे । शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको भन्ने परापुवक कालदेखि चलि आएकाे छ ।