Logo

बागमती पेज

माघ ५, २०७८ बुधबार

भरतपुर अस्पतालका ३७ जना चिकित्सकमा संक्रमण पुष्टि


चितवन । चितवनकाे भरतपुर अस्पतालका ३७ जना चिकित्सक कर्मचारी कोभिड–१९ बाट संक्रमित भएका छन् ।अस्पतालमा संक्रमितको संख्या बढ्दै गएकाले सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको हाे ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार माघ ३ गतेसम्म अस्पतालका ३७ जनामा संक्रमण पुष्टि भएको थियाे । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण बढ्दै गएलगतै सेवा प्रवाहमा कठिनाई आएको पौडेलले बताए। उनले अत्यावश्यक काम नपरी अस्पतालमा नआउन समेत अनुराेध गरेका छन् ।

कर्मचारी कम हुँदा सेवा पनि दुरुस्तता नआउन सक्छ ।”अस्पतालका कर्मचारी संक्रमित हुने सँख्या अझै बढेमा‌ सेवाप्रवाहमा केही कटौती समेत गर्नुपर्ने बाध्यता आईपर्ने पौडेलको भनाई रहेकाे छ, उनले अगाडि भने “सकेसम्म घरमा बसौं र स्वस्थ रहौं।”

संक्रमित कर्मचारीहरु पनि पोजिटिभ भइ होम आइसोलेसनमा बसेको ७ दिनपछि वा अस्पतालबाट डिस्चार्ज भएको तीन दिनपछि ड्यूटीमा हाजिर हुनु पर्ने नयाँ निर्देशन नेपाल सरकारबाट आइसकेकोले मेसु पौडेलले सोही अनुसार गर्न भरतपुर अस्पतालका कर्मचारीलाई अनुरोध गरेका छन् । उ

नले अत्यावश्यक काम पर्दा मात्रै कार्यालय प्रमुखको स्वीकृति लिएर विदामा बस्न अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलाई आग्रह समेत गरेका छन्।उनले सबैलाई सचेत रहि काम गरै बिना काम नहिडै समेत भन्नू भयाे ।