Logo

भवानी कार्की

माघ ५, २०७८ बुधबार

१४ किलोकाे मूला फलाउने घिसिङलाई शैलुङद्वारा सम्मान


दोलखा । १४ किलोका मूला फलाउने किसानलाई शैलुङ गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाको वडा नं १ दुधपोखरी ठेकलघ्युका कृषक पदमबहादुर घिसिङलाई मंगलबार नगद सात हजारसहित सम्मान गरिएकाे हाे ।

पालिका अध्यक्ष भरतप्रसाद दुलालले कृषकलाई उत्पादनमा थप उत्साहित हुनका लागि गाउँपालिकाबाट नगद गहितकाे सम्मान गरिएको बताएका छन् । उनले अागामी दिनमा समेत अन्य कृषकलाइ यस किसिमकाे सहयाेग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्मानपछि पदमबहादुरले भने‚ ‘यस वर्ष यति ठुलो मूला फलेपछि आफै चकित परे त्यसमा पनि गाउँपालिकाले गरेकाे सम्मानमा निकै खुशी छु , अाफूले गरेकाे काम प्रति गाैरभ लागेकाे छ ।’

तामाङले र्भैँसी र बाख्रा पालनका मलले अर्गानिक उत्पादन गरिरहेका छन् । उनले मौसमअनुसारका खेती गर्दै गरेकाे समेत जानकारी गराएका छन् । बर्खामासमा आलु र हिउँदमा मूला‚साग र तोरी लगायतका उत्पादन गरेकाे उनले बताए ।

तीनै तहका सरकारले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेटहरु बनाइरहेका छन् ।