Logo

मेघनाथ पहाडी

माघ ६, २०७८ बिहीबार

महेश बस्नेतको पेलाहा शैली भण्डाफोर: दास प्रथाको अन्त्य गर्ने अमित लामाको उद्घोष !


काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा महेश बस्नेत र अमित लामाको द्वन्द चर्किएको छ ।

पोखरामा भएको सचिवालय बैठकमा एकाएक महेस बस्नेतले नवौं महधिवेशन आयोजक कमिटीको नाम खल्तिबाट झिकेर पढेपछि असन्तुष्टि राख्दै पार्टी नेतृत्वलाई जानकारी गराएका थिए ।

अमित लामा लगाएत झण्डै डेढ दर्जन पदाधिकारी सो निणर्य विरुद्ध एक भएका हुन् । कार्यालय टिमको केन्द्रीय सचिवालयलाईनै आयोजक कमिटिमा रुपान्तरण गर्ने आफैले गरेको निणर्यलाई कुल्चिदै किरण पौडेलले आफ्ना निकटतम व्यक्तीलाई आयोजक कमिटी सदस्य बनाएर संगठन कब्जा गर्न खोजेको भन्दै बैठक बहिस्कार गरे ।

आफुहरु विधि र पद्धतिलाई स्थापित गर्न लागेको युवा संघ नेपालका उपाध्यक्ष अमित लामाले बागमती पेजलाई बताएका छन् । उनले भने, ‘महेश बस्नेतको हेपाहा र पेलाहा शैलिको भण्डाफोर गर्न पार्टी नेतृत्वलाई जानकारी गराएका थियौं । अब संगठनमा दास प्रथाको अन्त्य गर्न हामी प्रतिबद्ध रहेका छौं ।

अमित लामा नेतृत्वको टिमले पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मोर्चा फाँट इन्चार्ज भानुभक्त ढकाल र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई बुझाएको लिखित ध्यानाकर्षण जस्ताको त्यस्तै :

विषयः ध्यानाकर्षण सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय सचिवालयको दोश्रो पुर्ण वैठक पौष २८ र २९ गते कास्कीको पोखरामा सम्पन्न भएको विषय श्रद्धेय कमरेडलाई अवगत नै छ । सघंको उक्त वैठक सफलता पूर्वक सम्पन्न गर्नका लागि पौष १९ गते संघको केन्द्रीय कार्यालय कमिटिको वैठक ललितपुरको च्यासलमा बसी पार्टी मोर्चा फाँटको निर्देशन अनुसार सांगठनीक भद्रगोललाई अन्त्य गर्दै, संठगनलाई एकरुपताका साथ गतिमा लैजान दृढ संकल्प गरी संघको महाधिवेशन सम्पन्न गर्नका लागि महाधिवेशन आयोजक कमिटी गठन गर्ने गरी सचिवलालयको वैठकको कार्ययोजना बनाउँदै पौष २८ र २९ गते पोखरामा संघको सचिवालय वैठक आयोजना गर्ने र त्यही बैठकबाट हाल विद्यमान सचिवालय कमिटीलाई नै आयोजक कमिटीमा परिणत गर्ने भन्ने निणर्य सर्वसम्मतीले केन्द्रीय कार्यालय कमिटीले पारित गरेको थियो ।

घोषित निणर्य अनुरुप पौष २८ गतेका दिन नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलले उक्त सचिवालय कमिटीको वैठक उद्घाटन गर्नुका साथै पार्टीका अन्य जिम्मेवार नेता कमरेडहरुले आफ्ना महत्वपूणर् विचारहरु मन्तव्य मार्फत राख्दै उक्त वैठकलाई अझ महत्वपूणर् बनाईदिनु भयो । वैठकको दोश्रो दिन २९ गते कार्यालय कमिटीको छलफल, वैठक र समझदारी बिना सचिवालयको वैठकको व्यानर एक्कासी परिवर्तन गरी ९ आँै राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो पूणर् वैठकको व्यानर मञ्चमा राखिएको राखियो जसको हामिले मौखिक असहमती जनायौँ । जुन संगठनको विधि, प्रक्रिया, पद्धती र निणर्य विपरितको कार्य थियो । कार्यालय कमिटीको निणर्य विपरित संघका ईन्चार्ज कमरेड महेश वस्नेतले आयोजक कमिटी निर्माणको खाका पढेर सुनाउनु भयो जसमा महाधिवेशबाट नयाँ कमिटी गठन गरे जस्तोमापदण्ड तोकिएकोले त्यसमा हामीले असहमती जनायौँ तर हाम्रो असहमतीको बेवास्ता गर्दै अगाडी बढ्न खोजे पछि हामीले यो कुरापार्टी महासचिव कमरेड र मोर्चा फाँट प्रमुख कमरेडलाई टेलीफोन मार्फत जानकारी गरायौँ ।

संघका ईन्चार्ज र अध्यक्ष कमरेडलाई हाम्रो असहमति दर्ज गराएर त्यसै बखत हामी वैठकबाट बाहिरीयौँ तथापि कार्यालय कमिटीको छलफल र निणर्य बेगर संगठन भित्रका अमुक व्यक्तिहरुले विभिन्न जिल्लाहरुमा आयोजक कमिटीमा बस्ने कमरेडहरुको नामावली संकलन गरिरहेको विषय ओपन-सेक्रेट नै थियो । हामीले कमरेड इन्चार्ज र अध्यक्षलाई उक्त विषयमा प्रश्न राख्दा छलफल र सहमतीबाट नै आयोजक कमिटी घोषणा गर्ने जानकारी गराउनु भयो तर वैठक स्थल/बाहिर न त कुनै छलफल भयो, न त सहमती नै । एक्कासी ३० गते विहान ९ बजे सोही स्थानमा सचिवालयको वैठक बस्ने मौखिक सूचना जारी भयो र भोलि विहान ८ बजे सहमतीबाट आयोजक कमिटीको नामावलीलाई अन्तिम रुप दिने सहमती भएको थियो ।

हामीले ३० गते विहान भइरहेका गतिविधि र कोठे वैठकले संगठन घोषित निणर्यमा पुग्ने कुनै संकेत देखेनौ तथापि संघका ईन्चार्ज र अध्यक्षलाई उक्त विषयवस्तु र विद्यमान सचिवालय कमिटीलाई नै स्वत आयोजक कमिटीमा रुपान्तरण गर्नु पर्ने, त्यसमा एकता प्रक्रियाबाट आएका कमरेडहरुलाई थप्नुपर्ने विषयवस्तु हामीले प्रष्ट रुपमा राख्यौँ । उक्त विषयमा कमरेड ईन्चार्ज र अध्यक्षले कुनै चासो देखाउनु भएन । घोषित २ दिनलाई तोकिएको उक्त वैठक तेस्रो दिन सञ्चालन नहुने संकेत देखिए पछि,विधि प्रक्रिया र निणर्य विपरित जिम्मेवार व्यक्तिहरुको खल्तिबाट पूर्वाग्रही सोचका साथ नामवली घोषणा हुने संकेत देखिए पछि हामी सम्पूर्ण कमरेडहरु लगायत अधिकांश सचिवालय सदस्यहरु काठमाण्डौ फर्केको विषय जानकारी गराउँदछौँ ।

वैठमा उपस्थित संघका सम्पूणर् सचिवालय सदस्य कमरेडहरु छिन्नभिन्न भएर आफ्नो गन्तव्य तर्फ लागिसकेपछि ३० गते साँझ ईन्चार्ज कमरेड महेश वस्नेतको फेसबुक लाइभबाट आयोजक कमिटी घोषणा गर्दै गरेको एउटा अपूणर् भिडियो हामीले देख्यौँ । त्यसमा कमरेड इन्चार्जले हप्ता-दश दिन अगाडी अमुक व्यक्तिहरुले तयार पारेको आयोजक कमिटीको नामवली, व्यक्तिगत सम्बन्धका आधारमा मनोमानी ढंगले संयोजक, सहसंयोजक, विभागीय प्रमुखहरु, प्रदेश इन्चार्ज/संयोजक/सह संयोजक र जिल्ला इन्चार्ज/अध्यक्षहरु तोक्दैमिनी महाधिवेशनको झल्को दिने गरी, आगामी फाल्गुन ११ गते हुने ऐतिहासिक ९ औँ महाधिवेशन अगावै उक्त महाधिवेशनलाई एकतर्फी प्रभावित पार्न खोजेको कुरा स्पष्ट देखियो ।

लामो समय संघमा योगदान दिदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरुलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निणर्य र मर्म-भावना विपरित सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाचारिताको उपज भएमो विषय जानकारी गराउन चाहान्छौँ ।यस प्रकारको गतिविधिले संगठनमा फरक मत, फरक विचार राख्ने व्यक्तिहरुलाई पूणर्त निषेध गर्दै संगठत व्यक्ति केन्द्रीत समूहमा रुपान्तरित हुने स्पष्ट छ ।

पार्टीको मुल विचार माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलिय जनवाद, लेलिनवादी संगठनात्मक सिद्धान्त र लोकतान्त्रिक विधि, पद्धति विपरित संघको संगठनात्मक जीवनमा व्यक्तिवाद हाबी हुदै गएको हामीले महसुस गरेकाछौँ तसर्थ संघको विद्यमान पूर्ण सचिवालय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशन गरियोस् भनि कमरेड समक्ष यो ध्यानाकर्षण पत्र दर्ज गराएका छौँ । समयमै गलत निणर्य नसच्याए, हामी संघलाई विधि, पद्धति र प्रक्रिया अनुरुप अगाडी बढाउन थप पाईला चाल्न बाध्य हुने विषय समेत अवगत गराउँदछौँ ।

अमित लामाले आयोजक कमिटीको संयोजक परिवर्तन हुनुपर्ने र संयोजक रहेका किरण पौडेलबाट महाधिवेशन हुनेमा आफुलाई शंका रहेको धारणा व्यक्त गरे ।

एमाले नेतृत्वले विवाद नसुल्झाए आगामी चुनावमा युवाहरुको विवादले नेकपा एमालेलाई ठुलो असर पर्ने देखिन्छ ।