Logo

बागमती पेज

माघ ११, २०७८ मंगलबार

कपनबाट ब्राउन सुगर सहित दुई महिला पक्राउ


काठमाडौं । ब्राउन सुगर सहित दुई महिला पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ-१० कपन स्थित रुद्रमतीचोकबाट १०.९३ ग्राम ब्राउन सुगर सहित दुई महिलालाई प्रहरी नियन्त्रणमा लिईएको हो ।

महानगरीय प्रहरी प्रभाग कपनलाई प्राप्त गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले संकास्पद दुई महिलालाई भेटि खोजतलास गर्दा ब्राउन सुगर फेला परेको थियो  । दुई महिलाले प्लास्टिकको सानो पोका बनाई भित्र राखेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको कपन प्रभाग प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सेनाले बागमती पेजलाई जनाएकी छन् ।

धनकुटा जिल्ला स्थाई घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ गैरीगाँउ बस्ने २९ वर्षिय रेनुका तामाङ र धनुषा जिल्ला धनुषाधाम नगरपालिका वडा नं. ०९ स्थाई घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका एकताबस्ती बस्ने २१ वर्षिय लक्ष्मी लामालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई आवश्यक कारबाहि तथा थप अनुसन्धान र खोजतलासको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको छ ।