Logo

बागमती पेज

माघ २०, २०७८ बिहीबार

फिक्कलका ४० जना जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ३ का ४० जना जेष्ठ नागरिक तथा ५ वर्ष मुनिका बालबाललिकालाई चिसोबाट बच्नको लागि कम्बल वितरण गरिएको छ ।

हेल्थ सर्भिस एण्ड रिलिफ एशोसियसन नेपालको आर्थिक सहयोग तथा फिक्कल गाउँपालिकाको समन्वयमा खुरहरीका २२ जना बालबालिका र १८ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बागमती पेजलाई जानकारी दिएकी छन् ।


त्यसैगरि खुरहरिका २० जना एकल महिलाहरुलाई रु एक हजारका दरले नगद सहयोग गरिएको थियो ।


फिक्कलमा मात्र नभएर जिल्लाकै विकट मानिने खुरहरिका बालबालिका, जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कपडा वितरण र र एकल महिलाहरुलाई आर्थिक सहयोग गरिएको वडाअध्यक्ष टेकबहादुर रजन मगरले जानाएका छन् ।



न्यानो कपडा वितरण कार्यक्रममा फिक्कल गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद न्यौपाने, स्वास्थ्य प्रमुख लेखनाथ फुयाल, सूचना अधिकृत नारायण अधिकारी लगायत सहयोगी संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।