Logo

बागमती पेज

माघ २२, २०७८ शनिबार

दिप मण्डला युवा क्लबको कोरोना सचेतना अभियान सम्पन्न


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा रहेको दिप मण्डला युवा क्लबले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस न्युनिकरण गर्न निःशुल्क माक्स तथा सेनिटाईजर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बूढानीलकण्ठ-१० स्थित रहेको उक्त क्लबले शनिबार कपन क्षेत्र भित्रका विभिन्न स्थानमा निःशुल्क माक्स तथा सेनिटाईजर वितरण गरेको थियो ।

कपनको साततलेबाट शुरु गरिएको कार्यक्रम नारायण चोक, पञ्चकुमारी चोक, मिलनचोक, शिवमन्दिर वडा कार्यालयहुँदै नारायण चोकमा पुगेर सम्पन्न गरिएको संथाका सदस्य विमल पोखरेलले बागमती पेजलाई जनाए ।

वडाध्यक्ष नवराज भट्टराईले युवाहरुलाई सामाजिक क्षेत्रमा लाग्न प्रोत्साहन गर्दै आगामी दिनमा वडाबाट विभिन्न किसिमका सहयोग गर्न तयार रहेको बताए । युवाहरुको क्लबले चाहेमा समाजलाई नै परिवर्तन गर्न सक्छ उनले भने तपाईहरु राम्रा योजना बनाएर कामहरु गर्नु मेरो तर्फबाट सधै साथ र सहयोग रहने छ ।

लक्ष्मीपुजाबाट उद्घाटन भएको क्लबले विगतमा पनि रक्तदान, बूनपा-१० भित्र सरसफाई लगायतका काम गर्दै आएको दिप मण्डला युवा क्लब सचिव प्रदिप मैनाली जानकारी दिए ।

क्लबले कपन क्षेत्रभित्र रहेका विभिन्न संघसंस्थासँग सहकार्य गरेर ब्लड बैङ्क स्थापना गर्ने, बूनपालाई मध्यनजर गर्दै फुटसल लगायतका खेलको आयोजना गर्ने लक्ष्य रहेको समेत सचिव मैनालीले बताएका छन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष एवं नगर प्रवत्ता नवराज भट्टराई, संस्थाका अध्यक्ष राजन श्रेष्ठ, संस्थाका अन्य पदाधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।