Logo

मेघनाथ पहाडी

फाल्गुन २५, २०७८ बुधबार

‘टेक्सस एन्युअल ईसीए मिट-२०७८’ शुरु


काठमाडौँ । टेक्सस इन्टरनेशनल कलेजले वार्षिक रूपमा आयोजना गर्ने खेलकुद प्रतियोगिता ‘एन्युअल ईसीए मिट-२०७८’ शुरु गरेको छ । चाबहिल स्थित मित्रपार्कमा रहेको टेक्ससले ईसीए मिट शुरु भएसँगै मंगलवारबाट दौड प्रतियोगिता बिहान शुरु गरेको हो ।

कलेजको प्राङ्गणमा टेक्सस एजुकेसन नेटवर्कका सिइओ तथा कलेजका क्याम्पस प्रमुख भेषराज पोखरेलले म्याराथन प्रतियोगिताको रिबन काट्दै ईसीए मिटको उद्घाटन गरेका थिए ।

‘स्वास्थ्यका लागि खेल’ भन्ने मूल नारा सहित शुरु गरिएको ईसीए मिट ४ दिनसम्म चल्नेछ जनाईएको छ ।

विद्यार्थीलाई चौतर्फी विकासमा जोड्न इन्टरनेशनल एजुकेसन नेटवर्कले प्रत्येक वर्ष इन्ट्रा कलेज खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । जसको निरन्तरता स्वरूप यस वर्ष पनि एन्युअल ईसीए मिट आयोजना गरिएको प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बताएका छन् ।

ईसीए मिटमा टेक्ससमा अध्ययनरत विद्यार्थीहरू बिच म्याराथन, चेस, क्रिकेट, बास्केटबल, टेबल टेनिस, फुटसल, ब्याडमिन्टन, भलिबल, क्विज, टेक्सस आइडल (गायन प्रतियोगिता), डान्सिङ्ग लगायतको विधामा प्रतिस्पर्धा गराइने जनाईएको छ ।

फाल्गुन २७ गतेसम्म हुने ईसीए मिटमा कलेजमा अध्ययनरत २ हजार विद्यार्थी सहभागी हुँने अनुमान गरिएको छ । समापन कार्यक्रम २७ गते हुने र सोही दिन विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ ।

विजयी विद्यार्थीहरूलाई नगद सहित ट्रफ्री, मेडल, प्रमाण-पत्र, छात्रवृत्तीद्धारा पुरस्कृत गरिने जनाइएको छ ।