Logo

बागमती पेज

फाल्गुन २७, २०७८ शुक्रबार

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त


काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तीमध्ये मन्त्रिपरिषद बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बतायो ।

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थिए । उनी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्षसमेत हुन् ।