Logo

बागमती पेज

फाल्गुन ३०, २०७८ सोमबार

रुसको कब्जा भएका युक्रेनी शहरमा खानेकुरा र पानीको अभाव


काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् ।

बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ । यसै कारणले युक्रेनको मारियुपोल शहर र राजधानी किभको पश्चिम र उत्तरका गाउँमा एक भयानक मानवीय संकट खडा भएको देखिन थालेको छ ।

मारियूपोलमा खाना र पानीको विकट संकट
ऐना तोखमखची एक युक्रेनी महिला हुन् । उनी मारियुपोलबाट आएको प्रत्येक भिडियो र तस्बिरमा आफ्नो घरमा खोजतलास गर्ने प्रयास गरिरहेकी छिन् । उनकी आमा पनि मारियुपोल शहरमा फसेकी छिन् र विगत ५ दिनमा उनीसँग कुनै पनि प्रकारको सम्पर्क भएको छैन ।

रुसी सैन्य फोर्सले एक हप्ता भन्दा बढी समयदेखि यो शहरलाई घेरेर राखेका छन् । साथै लगातार भइरहेको बमबारीका कारण यो शहर ध्वस्त भइसकेको छ ।

यसैकारण यहाँ बिजुली, पानी र खानेकुराको कमी भइरहेको छ । बमबारीका कारण सडकको अवस्था बिग्रेको छ भने मानिसलाई शहरबाट निक्लिन पनि मुश्किल भइरहेको छ । विगतका केही दिनमा यो क्षेत्रबाट मानिसलाई निकाल्ने कोसिस भइरहेको छ । तर मानवीय बाटोमा पनि हमला भइरहेको छ । युक्रेन सेनासँग अग्रपंक्तिमा बीबीसीको टीम पानीएना फेसबुकमा लेख्छिन्, ‘मैले भिडियोमा आफ्नो घर देखेको छु । हालसम्म यो सुरक्षित छ । तर म नयाँ भिडियोको खोजी गरिरहेको छु । मलाई मेरो घर हालसम्म ठिक भएकाले आनन्द लागेको छ । मेरी आमा हाल सम्म पनि जिवितै हुनुहुन्छ । रातभर बमबारीको आवाज आउने ठाउँमा कस्तो भइरहेको होला ?’

उनी सोशल मिडियामा मारियुपोल शहरसँग जोडिएको च्याट ग्रुपमा आइरहेको जानकारी पढ्छिन् र स्वयं सेवीहरुसँग आफ्नो घरको बारेमा सोधिरहन्छिन् । तर उनलाई अब कुनै जानकारी मिलेको छैन । यद्यपि, उनले मारियुपोल शहरमा फसेका एक साथीसँग कुराकानी गरेकी छन् ।

यो कुराकानीको बारेमा बताउँदै उनी भन्छिन्,‘सिग्नल अत्यन्त कमजोर थियो र बारम्बार टुट्ने गरेको थियो । म मुस्किलले उनको आवाज सुन्न सक्थिन्​ । उनी कुनै किसिमको खाना बनाएर पानी भर्ने कोसिस गर्दै जिउने कोशिस गरिरहेकी छन् ।’ -एजेन्सी