Logo

बागमती पेज

चैत्र ७, २०७८ सोमबार

बूढानीलकण्ठमा ज्येष्ठ नागरिकलाई सम्मान


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१०मा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । चैत्र ७ गते गरिएको जेष्ठ नागरिक सम्मान तथा मायाको चिनो प्रदान कार्यक्रममा आफु बसेको वडाबाट सम्मान पाउँदा जेष्ठ नागरिकहरु निकै खुसि भएका छन् ।

जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै जेष्ठ नागरिकहरु एक साथ भेला गरेर सम्मान गरिएको सो कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई रहेका थिए भने अध्यक्षता वडा नं १० का अध्यक्ष नवराज भट्टराईले गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज लक्ष्मी संग्रौला लगायतको उपस्थितिमा भएको कार्यक्रममा वडा नं १० भित्रका सयौ जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको वडा नं १० को जेष्ठ नागरिक सम्मान पश्चात जेष्ठ नागरिकहरुले भोजन ग्रहण तथा नाचगान गरेका थिए ।