Logo

बागमती पेज

चैत्र १८, २०७८ शुक्रबार

किसुनजी स्मृति राष्ट्रिय खुल्ला म्याराथन बूढानीलकण्ठमा हुने


काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा शनिबार किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन हुने भएको छ ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले गत बर्षदेखि शुरु गरेको राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता भोलि चैत १९ गते शनिवार आयोजना गर्न लागिएको संघक बागमती प्रदेश अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

आयोजकका अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ गोल्फुटारस्थित बास्केटबल कोर्टमा बिहान ७ः३० बजे आयोजना हुने भएको हो ।

म्याराथनमा विजयी हुने महिला/पुरुष खेलाडीलाई जनही प्रथमलाई नगद रु.५० हजार, ट्रफी र स्वणर् पदक, द्वितीयलाई नगद रु.३० हजार, ट्रफी र रजत पदक र तृतीय हुनेलाई नगद रु.२० हजार, ट्रफी र काँस्य पदक प्रदान गरिने खेलकुद संघ बागमती प्रदेश सचिव दामोदर भट्टराईले बताए । कार्यक्रममा उपस्थित हुन सम्पूणर् खेलप्रेमीलाई आयोजकको अनुरोध छ ।