Logo

मेघनाथ पहाडी

चैत्र २६, २०७८ शनिबार

नेकपा एमाले गोलन्जोर गाउँपालिका अध्यक्षमा बराल सर्वसम्मत


काठमाडौं । निर्वाचन नजिकिए सँगै स्थानीय तहमा प्रभावशाली जनप्रतिनिधि उठाएर आफ्नो पार्टी जिताउन विभिन्न दलहरु देशव्यापी अभियानमा जुटेका छन् ।

यसै क्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्षमा समेत नेकपा एमाले तर्फबाट प्रभावशाली नेता शंखरराज बराल सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नेकपा एमाले जिल्ला पार्टी इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको पार्टी पालिका पदाधिकारीको बैठकले बराललाई अध्यक्षको उम्मेदवार बनाउने निणर्य गरको हो । सिन्धुलीमा सर्वसम्मत उम्मेद्वार बनाउने गोलञ्जोर गाउँपालिका पहिलो बनेको छ ।

लामो समयदेखि विद्यार्थी संगठनमा क्रियाशिल रहेका नेता शंखरराज बराल ०४७ सालमा एमालेको संगठित सदस्य लिएका थिए । बासेश्वर-६ गोक्सिला गाँउकमिटी अध्यक्ष हुँदै इलाका कमिटी सचिवको जिम्मेवारी सफलतापूणर् ढंगले निर्वाह गरेका थिए ।

पर्टी भूगोलमा लामो समयदेखि सक्रिय रहेका बराल सामान्य स्वभावको नेताका रुपमा परिचित छन् । स्थानीयको चाहाना अनुरुप नेता बराललाई पालिका अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । केन्द्रीय नेताहरु समेत आफू निकटका नेतालाई जनप्रतिनिधि बनाउन देश दौरानमा लागेका छन् ।