Logo

बागमती पेज

चैत्र २८, २०७८ सोमबार

प्रमुख र उप–प्रमुखका दावेदार सहित बूढानीलकण्ठ–१० मा बन्यो एमालेको टिम


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिए सँगै प्रभावशाली जनप्रतिनिधि उठाएर आफ्नो पार्टी जिताउन विभिन्न दलहरु देशव्यापी अभियानमा जुटेका छन् । यसै क्रममा नेकपा एमालेले बूढानीलकण्ठ–१० मा आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ ।

बूढानिलकण्ठ – १० मा भएको संगठित सदस्य भेलाले नवराज भट्टराईलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा चन्द्रमान श्रेष्ठ, रिता दाहाल र देवी रेग्मी तथा दलित महिला सदस्यमा दिल कुमारी बि.क.लाई सर्वसम्मत सिफारिस गरेको हाे ।

वडाध्यक्षमा सिफारिस नवराज भट्टराई तथा वडा सदस्यमा सिफारिस चन्द्रमान श्रेष्ठ, रिता दाहाल एबम दलित महिला सदस्य दिल कुमारी बि.कले कार्यकाल दोहोर्याउन लागेका हुन् भने देवी रेग्मी नयाँ सदस्यको उम्मेदवार हुन्।

केहि समय अघि सम्म वडाध्यक्षमा सिफारिस नबराज भट्टराई बूढानिलकण्ठ नगरपालिकाका प्रमुखका दावेदार थिए भने देवी रेग्मी उप–प्रमुखकि दावेदार थिईन्।