Logo

बागमती पेज

चैत्र २८, २०७८ सोमबार

नयाँ वर्षमा एनआईसी एशिया बैंकको अफरै अफर !


काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तोडिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।

त्यसैगरी सीजी एलजी डिजिटलबाट २०७८ चैत्र ३० का दिन रु २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकहरूले पीओएस तथा ई–कमर्स मार्फत भुक्तानी गर्दा रु २०७९ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ । देशमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला ई–कमर्स कम्पनीहरूबाट सामग्री खरिद गर्दा बैंकले छुटको व्यवस्था गरेको हो । यस बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आईसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै एनआईसी एसिया मोबैंकमार्फत २०७८ चैत्र ३० का दिन क्यूआर भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा रु. १०० नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहक महानुभावले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ ।

साथै, सोही दिन क्यूआर भुक्तानी गर्ने र क्यूआर भुक्तानी लिने १०.१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोही क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।