Logo

बागमती पेज

चैत्र २९, २०७८ मंगलबार

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।