दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन्। बिहीबार नुवाकोटको गुप्तेश्वरमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन् ।
डेभिड यसअघि बसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन्। जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्रप्त गरेका छन्।
त्यस्तै त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनेका छन्। उनले नगद ४५ प्राप्त गरे ।
महिलातर्फको उपाधि टनुले जितेकी छन्। उनले आकृतीलाई हराएकी थिइन्। उनले ४० नगद प्राप्त गरिन्।
ट्याक टिम म्याच सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरे। स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्रप्त गरे।
उनीहरुलाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठले पुरस्कार प्रदान गरे।
त्यसअघि प्रतियोगिताको उद्धघाटन पूर्वमन्त्री प्रकाशरण महतले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्