Logo

मेघनाथ पहाडी

बैशाख ११, २०७९ आईतबार

‘द सेल्फिस सिटी’ पुस्तक विमोचन


the selfish city by bhoj kumar dhamala

काठमाडौँ । शिक्षाकर्मी भोज कुमार धमलाको पहिलो पुस्तक ‘द सेल्फिस सिटी’ कविता सङ्ग्रह विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा अंग्रेजी भाषाको ‘द सेल्फिस सिटी’ पुस्तक पद्म देवकोटाको प्रमुख आतिथ्ययतामा विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पद्म देवकोटाले अंग्रेजी भाषाका पुस्तक नेपालमा धेरै भएपनि अन्य भन्दा धमलाको ‘द सेल्फिस सिटी’ पुस्तक निकै फरक रहेको धारणा व्यक्त गरे । उनले भने, ‘नेपालमा पनि यस किसिमका पुस्तक लेखिनु निकै हर्षको कुरा हो । यस पुस्तकमा विभिन्न खालका विषयहरु समेटीएको रहेछ, जहाँ लेखियका वाक्यहरु निकै रोमान्चक र अर्थपुर्ण रहेका छन् । त्यहाँ लेखियका वाक्यहरुले हामीलाई धेरै कुराहरु सोच्न र मनन् गर्न बाध्य बनाउछ ।’

त्यसैगरी प्रा.डा. अरुण गुप्ताले ‘द सेल्फिस सिटी’ पुस्तकका केही वाक्यहरु व्याङ्ग्यात्मक शैलीमा लेखियका पेचिला शब्दहरु देश परिवेश सुहाउदो रहेको बताए । लेखक धमलाको यो पुस्तकले पूरानो प्रवृत्तिलाई प्रहार गर्दै पहिचानको विचार विमर्शमा अर्थपूर्ण आयाम थप्नेछन् ।

प्रा.केशव सिग्देलले नेपालमा रहेर नेपाली भाषाका पुस्तक लेख्नै त समस्या हुने भन्दै अंग्रेजी भाषाको पुस्तक प्रकाशन गर्नु ठुलो उपलब्धि रहेको बताए । धमलाको ‘द सेल्फिस सिटी’ पुस्तकमा चेतनाको परिदृश्यलाई उजागर गरिएको छ । पुस्तकमा लेखकको शैलीगत विशेषतामा विविधता समेट्ने प्रयत्न गरिएको छ ।

सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक मुमाराम खनालले लेखकले बहुआयामिक भूमिकामा अभिनय गरेको पुस्तकमा समाज तथा राजनीतिक परिवर्तमा समेत महत्वपूर्ण भूमिका रहने बताए । पुस्तकमा विभिन्नखालका परिवेशको भोगाइलाई आकर्षक शैलीमा उतारेको भनाई व्यक्त गरे ।

कार्यक्रममा बोल्दै ‘द सेल्फिस सिटी’ पुस्तकका लेखक धमलाले प्रमुख अतिथि देवकोटालाई महागुरुबाट सम्बोधन गर्दै उहाँको प्रेरणाले पुस्तक लेखनको यात्राको सुरुवात भएको स्मरण गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पुस्तक विमोचन कार्यक्रममा यस्तै विमोचन कार्यक्रममा प्रा.डा. अरुण गुप्ता, सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक मुमाराम खनाल, प्रा.केशव सिग्देल, साहित्यकार, शिक्षाकर्मी एवं साहित्यमा सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।