Logo

बागमती पेज

बैशाख ११, २०७९ आईतबार

मेयरमा उठ्ने घोषणा गरेकी सुनिता बनिन् एमालेबाट उपमेयरको उम्मेदवार


काठमाडौं । काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयर पदमा उठाउने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको उम्मेदवार घोषणा गरेको हो ।

मेयरमा भने पार्टीले केशव स्थापितलाई उठाउने भएको छ । मेयरमा उठ्ने भन्दै डंगोलले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन्।